सिलगढी : ‘बांग्ला निजेर मेयेकेई चाई‘ अर्थात् बङ्गालमा आफ्नै छोरी चाहिन्छ भन्ने मूल मन्त्र लिएर तृणमूल कङ्ग्रेसले आउँदो विधानसभा चुनाउको प्रचार-प्रसार गर्ने भएको छ। आज तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनमार्फत् उक्त ‘बांग्ला निजेर मेयेकेई चाई‘ कार्यक्रमको उद्घाटन गरे। तृणमूल नेता नान्टु पालले सिलगढी विधानसभा केन्द्रहरूमा आजदेखि उक्त कार्यक्रम शुरू गरिएको बताए। आगामी दिनमा उक्त कार्यक्रम विभिन्न वार्ड, ब्लकहरूमा पनि शुरू गरिनेछ। दार्जिलिङ जिल्ला (समतल) तृणमूल कङ्ग्रेसका प्रवक्ता बेदव्रत दत्तले उक्त कार्यक्रमको माध्यमद्वारा तिनीहरूले विधानसभा केन्द्रहरूमा जीत हासिल गर्ने आशा व्यक्त गरेको बताए।