जलपाईगढी नगरपालिकाका 150 परिवारलाई जमिनको पट्टा वितरण

जलपाईगढी : जलपाईगढी नगरपालिकाको लगभग 150 परिवारलाई आज एउटा कार्यक्रमबीच जमीनको पट्टा वितरण गरियो। नगरपालिका सूत्रले दिएको जानकारीअनुसार जलपाईगढी नगरपालिकाको प्रयास हलमा आज मासकालाईबारी कोलनी, पान्डापाडा कोलनी, इन्दिरा गाँधी कोलनी, अरविन्द कोलनी लगायत अन्य ठाउँका मानिसहरूलाई पट्टा वितरण गरियो। यस अवसरमा जलपाईगढी नगरपालिकाको प्रशासनिक बोर्डका चेयरम्यान पापिया पाल, बोर्ड सदस्य सन्दीप माहातो, सैकत चट्टोपाध्याय, दुर्गा राय, भूमि एवम् भूमि राजस्व कार्यालयका अतिरिक्त जिल्लाशासक रञ्जन चक्रवर्ती लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *