मिरिक : मिरिक महकुमाको च्याँगा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत दक्षिण च्याँगा रंगमोहन निवासी वैद्य जेठा मगर उर्फ जङ्ग बहादुर मगरले हाल विभिन्न हड्डी सम्बन्धि रोगीहरूको उपचार गरिरहेकोले तिनलाई उपचारको निम्ति भेट्न आउने रोगीहरूको घुइँचो लाग्न थालेको छ। वैद्य जङ्ग बहादुरले बताएअनुसार हाल तराई तथा पहाडको विभिन्न ठाउँहरूबाट मानिसहरू हड्डी सम्बन्धी रोगको उपचार गराउने आउने गर्दछन्। ती विभिन्न ठाउँहरूबाट आउने रोगीहरूको आफूले उपचार गरेपछि प्रायः सबैजसो बिमारीहरू निको भएको तिनको भनाइ रहेको छ।