चोरी गरेको स्कूटीसहित चोर पक्राउ

सिलगढी, 13 मार्च: जंक्शन ट्राफिक गार्ड पुलिसको तत्परताले चोरी भएको स्कूटी उद्धार गर्नको साथै चोरलाई पनि पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, सिलगढीको 46 नम्बर वार्ड अन्तर्गत गणेश घोष कोलोनीका सुबरन घोष आफ्नो कामको सिलसिलामा आज बिहान एयरभ्यू मोडको चर्च रोडमा गएका थिए। त्यहाँ पशु अस्पताल नजिक तिनले आफ्नो स्कूटी पार्क गरेर राखेका थिए। काम सकेर फर्किँदा राखेको ठाउँबाट स्कूटी हराएको थाहा पाए। त्यसपछि सुबरन घोषले प्रधान नगर पुलिस थानामा स्कूटी चोरी भएकोबारे अभियोग दर्ता गरे।
अर्कोतर्फ, चोर स्कूटी लिएर भाग्दै दार्जीलिङ मोड ट्राफिक प्वाइन्टमा पुगेका थिए। त्यहाँ पुलिसको नाका चेकिङ भइरहेको थियो। यस क्रममा पुलिसले उनलाई रोकेर सोधखोज गर्दा शंका लागेर ट्राफिक पुलिसले स्कूटीको नम्बर जाँच गर्दा स्कूटी चोरी भएको कुरा थाहा पाए। जंक्शन ट्राफिक गार्डको पुलिसले चोरलाई पक्राउ गर्नको साथै चोरीको स्कूटी उद्धार गऱ्यो। यसपछि चोरलाई प्रधान नगर थाना पुलिसको हातमा सुम्पिदिएको छ। पुलिस सूत्र अनुसार, चोरको बाट दुईवटा मोबाइल फोन पनि फेला परेका छन्। ती मोबाइल फोन पनि चोरी गरेको हुन सक्ने पुलिसले आशंका गरेको छ। हाल पुलिसले थप जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *