जितेन्द्र तिवारीले आसनसोलका पूर्व प्रशासकको पदबाट आज राजीनामा दिएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीसित तिनले भोलि बैठक गर्ने कुरा रहे तापनि यसभन्दा अघि आज नै तिनले राजीनामा दिएपछि राजनैतिक माहौलमा चर्चा चुलिएको छ। तृणमूलको पश्चिम वर्धमान जिल्ला सभापतिको पदबाट तिनले राजीनामा दिएको सूत्रमार्फत् थाहा लागेको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले राज्य सरकारले आसनसोललाई वञ्चित गरेको आरोप लगाए।